सरस्वतीले रियो छनोट खेल्ने

boxing2
मित्र राष्ट्र काजाकिस्तानको आस्थनामा मे१८ देखि २७ सम्म संचालन हुने महिला विश्व च्याम्पियनसिपमा सरस्वती रानामगरले प्रतिस्पर्धा गर्ने भएकी छिन् । ब्राजिलमा आयोजना हुने रियो ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा १२ औ सागकी काँस्य पदकधारी रानामगरले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ्ग संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी गराए । प्रशिक्षकमा बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रचण्ड शर्मा रहेका छन् ।
आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्यद्वय उपेन्द्र पौडेल र विरेन्द्र श्रेष्ठले शुभकामना सहित राष्ट्रिय झन्डा प्रदान गर्दै विदाई गरे । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने छ ।

Comment