प्रेम र सञ्जीवको जावलाखेलमा सम्मान
Manoj Shiama
20 February, 2022 10:33 am
जावलाखेल तेक्वान्दो डोजाङको आयोजनामा शनिवार खेलाडी सम्मान तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भयो । ज्येष्ठ नागरिक कोषको पहिलो सभापति रामकृष्ण कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि जावलाखेल यूथ क्लबका उपाध्यक्ष समीर केसी,समाज सेवी रुपेस गजुरेल तथा प्रभाकर विष्टको उपस्थिति थियो ।ललितपुर जिल्ला तेक्वान्दो सङ्घका सह सचिव रजिन सिंह र द च्यालेन्जर तेक्वान्दो डोजाङकी प्रमुख रिता मुस्याख्व लगायतको उपस्थिति थियो । कार्यक्रममा विदेशमा रहेर पनि नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका प्रेम दर्नाल र सञ्जीव नेपालीको उपस्थिति थियो ।
प्रेम र सञ्जीवको जावलाखेलमा सम्मान
जावलाखेल तेक्वान्दो डोजाङको आयोजनामा शनिवार खेलाडी सम्मान तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भयो । ज्येष्ठ नागरिक कोषको पहिलो सभापति रामकृष्ण कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि जावलाखेल यूथ क्लबका उपाध्यक्ष समीर केसी,समाज सेवी रुपेस गजुरेल तथा प्रभाकर विष्टको उपस्थिति थियो ।
ललितपुर जिल्ला तेक्वान्दो सङ्घका सह सचिव रजिन सिंह र द च्यालेन्जर तेक्वान्दो डोजाङकी प्रमुख रिता मुस्याख्व लगायतको उपस्थिति थियो । कार्यक्रममा विदेशमा रहेर पनि नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका प्रेम दर्नाल र सञ्जीव नेपालीलाई सम्मान गरिएको थियो । ।डोजाङ प्रमुख थानेश्वर दर्लामी मगरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन डोजाङका उपाध्यक्ष निरोज गौतमले गरेका थिए ।