रसुवाको विकट स्थानमा तामाङ समाज आयरल्यान्डको सहयोग

Manoj Shiama
11 September, 2026 4:17 am


१० भदौमा आएको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा राहत वितरण कार्यक्रम चलि रहेको छ । यस क्रममा नेपाल तथा विदेशमा रहेका नेपालीको सहयोग निरन्तर चलि रहेकोे छ ।


बाढीबाट प्रभावित रसुवाको आमाछोदिङमो –३ गल्लाङ लगायत स्थानमा तामाङ समाज आयरल्यान्ड सहयोग निरन्तर रहेको छ । सहयोग प्रभावित क्षेत्रमा वितरण गर्नमा स्थानिय अभियन्ता अन्जली लोप्चनको भुमिका विशेष रहेको छ ।


वडा अध्यक्ष धर्म तामाङ तथा सचिव प्रेम गोलेको भुमिका रहेको थियो । काठमाडौबाट गएका राहत पनि बाटोको अप्ठरो रहेको कारण सहयोग पुग्न कठिन भएको समयमा आमाछोदिङमोे र गोल्जुङमा तामाङ समुदाय आयरल्यान्डको पुगेको अन्जली बताउछिन् ।