रामपुर खेल मैदानमा मिनी स्टेडियम निर्माणको बाटो खुल्यो

ईश्वरपुर नगरपालिका–८ स्थित रामपुर खेल मैदानमा मिनी स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्, केन्द्रीय कार्यालयबाट आर्थिक वर्ष २०८३÷८४ मा पुनः बजेट सुनिश्चित भएको छ । यसअघि आर्थिक वर्ष २०८२÷८३ मा विनियोजित रु. ३ करोड बजेट जेनजि आन्दोलित लगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकी फिर्ता भएको थियो ।
त्यसपछि स्थानीय समाजसेवी तथा सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोजित के.सी.को पहलमा पुनः बजेट ल्याउन सफलता मिलेको जनाइएको छ। स्टेडियम निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भइसकेको बताइएको छ । आधुनिक खेल पूर्वाधार निर्माणका लागि निरन्तर पहल गर्दै आएका रोजित के.सी.प्रति ईश्वरपुरवासी तथा खेल प्रेमीहरूले आभार व्यक्त गर्दै योजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय युवा फुटबल टोलीका पूर्व मिडफिल्डर केसीको नेतृत्वमा लामो फड्को मारेको छ ।
