सितालाई पारा एथलीटको अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ अन्तरगत पारा एथलिटको अवार्ड सिता भण्डारीले जितेकी छिन् ।छ वर्षको उमेरमा सीता भण्डारीले डरलाग्दो दुर्घटनाको सामना गरिन् । जसले उनलाई झन्डै मृत्यु नजिक लगेको थियो । जाडो मौसममा अगेना छेउ बसिरहेको बेला उनको दुबै हात जल्न पुगेको थियो । हात जलेको पीडा ओल्याउन नपाउंदै उनले जीवनमा अर्को ठुलो आपत सामना गरिन । उनी ९ वर्ष हुदा आमा र १४ वर्षको हुदा बुबाको मृत्यु भएको थियो ।
त्यसले सीताको जीवनमा कहालीलाग्दा बिपत एक पछि अर्को थपिदिएको थियो ।
तर ती सबै घटनाले सीताको साहसलाई रोक्न सकेन । र ती सबै पीडालाई बिर्सदै उनले जीवनमा केहि गर्ने अठोठ लिइन । उनी १० वर्ष अघि उच्च शिक्षा अध्ययन गर्ने लक्ष्य सहित काठमाडौं आएकी थिइन । अध्ययन गर्ने लक्ष्य पछयाउने क्रममा उनले एसएलसी सम्म पुरा गरिन । काठमाडौंमा आएपछि उनको लक्ष्य पढाइ भन्दा पनि खेलकुद तर्फ मोडियो । खेलकुदमा लागेको थोरै वर्षमै उनले नेपाली पारा तेक्वान्दो इतिहासमा नयां कीर्तिमान बनाइसकेकी छिन् ।
सीता र रञ्जना धामीले अन्तराष्ट्रिय पारा तेक्वान्दोमा सहभागी हुने पहिलो नेपाली महिला खेलाडीको रुपमा कीर्तिमान बनाएका छन ।
आठ वर्ष अघि सीताले टेबलटेनिस मार्फत खेलकुदमा पाइला टेकेकी थिइन । साथीहरुले फुर्सदको समयमा टेबलटेनिस खेल्न आग्रह गरेकै कारण उनले लौनचौरमा टेबलटेनिसको प्रशिक्षण लिन आउने निर्णय गरिन् । करिब ६ महिना प्रशिक्षण गरेर पनि पारा टेबलटेनिस नभएपछि सीताले फुटबल खेल्ने योजना बनाइन ।
रंगशालामा प्रशिक्षण गर्न आइरहेको बेला प्रशिक्षक टेक बहादुर गुरुङले पारा एथलेटिक्स खेल्न सुझाए । उनले छोटो समयको प्रशिक्षण प्रश्चात कोरियामा सन् २०१४ को एसियन पारा ओलम्पिकमा भाग लिइन । जुन उनको पहिलो अन्तराष्ट्रिय सहभागीता थियो । एथलेटिक्सको १०० मिटरमा सहभागी भएपनि उनले पदक जित्ने भने सकिनन । तर त्यो प्रतियोगिताले उनलाई खेलकुद प्रतिको लगावलाई ह्वात्तै बढाई दियो । पारा एथलेटिक्स खेलेर फर्केपछि सीताले पारा खेलकुदका अन्य विद्यामा पनि आफुलाई प्रतिभावान खेलाडीका रुपमा स्थापित गदै गइन ।
कोरियाबाट फर्केपछि नियमित रंगशालाको ट्रयाकमा अभ्यास गर्ने सीतालाई अन्य खेल खेल्न प्रस्ताव आउन थाले । त्यही क्रममा तेक्वान्दो प्रशिक्षण कल्याण कुवरले सीतालाई तेक्वान्दो खेल्ने प्रस्ताव गरे । तर तेक्वान्दो खेल्न त्यति सहज थिएन । सीताले करिब ६ महिना प्रशिक्षण गरेर तेक्वान्दोको पारा ओलम्पिक खेलिन ।
जुन प्रतियोगिता खेल्ने उनी र रञ्जना पहिलो नेपाली महिला खेलाडी भइन । सीताको सन् २०१५ मा रुसको सोचीमा भएको आडब्लुएएस वल्र्ड गेम्सको पारा तेक्वान्दोमा कास्य पदक जितिन । उनले पारा तेक्वान्दो के–४४ अन्तर्गत ५५ केजीमा रुसकी अब्दुलीभालाई १०–० ले हराउंदै सेमिफाइनल सम्मको यात्रा तय गरेकी थिइन । तेक्वान्दोको सेकेन्ड डान सीताले गत बैशाखमा मनिलामा भएको दोस्रो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा कास्य जित्दै पारा खेलकुद करियरमा थप अर्को सफलतालाई थपिन ।
उनले रुसको सोचमिा भएको आइडब्लुएएस गेममा कांस्यपदक जितेकी हुन् । पारा तेक्वान्दोको प्(द्धद्ध अन्तर्गत् ५८ केजीमुनिको स्पर्धाको पहिलो चरणमा रुसकी अब्दुलीभालाई १०–० ले हराएर सेमिफाइनल पुगेकी । रुसकै राम्जानभोसगं सेमिफाइनलमा पराजित भएकी
हुन् । काष्ठमण्डप पुननिर्माण अभियान ५ किमि दौडमा पहिलो भएकी उनी एसियन पारा गेम्स २०१४ मा सहभागि थिइन् । साथै दोस्रो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिप, मनीलामा कांस्यपदक जितेकी थिइन् ।