एपिएफको सानदार सुरुवात

Manoj Shiama
6 December, 2025 5:51 am


काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
एपिएफले बंगलादेशको नसरिन स्पोट्र्स एकेडीमीलाई दशरथ रंगशालामा ४–० गोलले हरायो ।
एपिएफको जितमा रश्मी घिसिङ र मिना देउवाले दुई दुई गोल गरे। रश्मिले ३० र ८० मिनेट तथा मिनाले ७० र ९०+२ मिनेटमा गोल गरे ।


पहिलो खेल भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडेजी एफसी र पाकिस्तानको कराची एफसीबीच गोलरहित सकियो ।