ब्याडमिन्टन टोली ढाका र मुम्बई जाने

badminton team1
दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली बंगलादेशको ढाका र भारतको मुम्बई जाने भएका छन् ।
नेपाली टोली पहिले ढाकामा हुने योनेक्स–सनराइज बंगलादेश इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जमा सहभागी हुनेछ । डिसेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा ६ पुरुष र ४ महिला गरी १० खेलाडीले पुरुष÷महिला सिंगल्स र मिक्स ५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष खेलाडीहरुमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार, इन्द्र महता र पंकज चन्द रहेका छन् । महिलामा सरादेवी तामाङ र उनकी बहिनी नङशलसहित मिना श्रेष्ठ र अमिता गिरी छन् ।
टोली नेतामा ऋषिकेश श्रेष्ठ, व्यवस्थापकमा जगतबहादुर खड्का र प्रशिक्षकमा अनिल लाखे छन् । त्यस्तै प्रतियोगिताअघि ढाकामै नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म हुने ब्याडमिन्टन एसिया कन्फिडेरेसन (बीएसी) रेफ्री कोर्समा बीएसी सर्टिफिकेट अम्पायर लवभक्त श्रेष्ठ र समिरबहादुर सिंहले भाग लिनेछन् ।
उक्त प्रतियोगितापछि डिसेम्बर १० देखि १४ तारिखसम्म मुम्बईमा हुने टाटा ओपन इन्डिया इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जमा ढाकामै खेल्नेखेलाडी मध्ये ४ ले प्रतिस्पर्धा गर्नेछन् । रत्नजित, विकास, सरा र नङशलले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल ब्याडमिन्टन संघका पदाधिकारीलगायतले एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे ।

Comment