मनांगको जित

MMC
भुटानमा जारी क्गिस कप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा मनांग र्मस्यांगदी क्लबले युइगेन एकेडेमीलाई एकका विरुद्ध पाच गोलले पराजितत गरेको छ । मनांगका लागि डुडोजले दुइ गोल गरे भने शीब श्रेष्ठ,सेड्रिक अबा  र अनील गुरुंगले थप गोल गरे । २४ औ मिनेटमा अनील गुरुगको पासमा शिबले राम्रो भलीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६ औ मिनेटमा सुजल श्रेष्ठको पासमा डुडोजले गोल गरे । ५१ औ मिनेटमा अनील गुरुगले डुडोजको पासमा गोल गरे । ५७ औ मिनेटमा डुडोजले सेड्रिक अबाको पासमा गोल गरे । ७९ औ मिनेटमा अबाले नै गोल गरे ।
आठौ मिनेटमा शीब विपक्षी गोल रक्षकलाई विट गरे पनि गोल गर्न चुके । ३१ औ मिनेटमा शीब र बिसाल राइ बीले राम्रो समन्वय गरे पनि  बिसाल गोल गर्न चुके । पूवाद्र्धमा युइगेनका तासीले राम्रो प्रहारह गरे पनि गोल हुन सकेन । छिरिंगले नै ४९ औ मिनेटमा मनांगका गोल रक्षक बिसालाई मात्र बिट गरेर गोल गर्ने अबसर गुमाए । ६० औ मिनेटमा शीबले अर्को एक अबसर गुमाए ।

Comment