यस्तो छ तेक्वान्दो तालीका

taekwondo team1
१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण मानीएको तेक्वान्दोका खेल शनीबार सुरु हुदै छ । पछिल्लो समय आयोजक कमिटीले सार्वजनिक गरेको तालीका अनुसार शनीबार, आइतबार र मंगलबार खेल हुने छन् । शुक्रबार बेलुका पाच बजे शनीबार हुने खेलको ड्र सार्वजनिक हुने छ । शनीबार नेपालको तर्फबाट महिला ४६ किलो तौल समुहमा रेजिना कार्की तथा पुरुषको ५४ किलोमा चन्द्र बहादुर राना,६८ किलोमा मोहम्मद ओएस र ८७ किलोमा रामहरी महतले प्रतिस्पर्धा गर्ने छन् ।
आइतबार महिला तर्फ ४९ किलोमा यान कुमारी चौलागाइ तथा ५७ किलोमा ज्ञानी चुनाराले प्रतिस्पर्धा र्गर्ने छन् । पुरुष तर्फ ५८ किलोमा सुनील पौडेल, ७४ किलोमा निश्चलमान श्रेष्ठ र ८७ किलो माथि प्रेम बहादुर बुढाथोकीले प्रतिस्पर्धा गर्ने छन् । सोमबार महिलामा ५३ किलोमा निमा गुरुङ्ग र ६२ किलोमा आयशा शाक्यले भिड्ने छन् । यसैगरी, पुरुषमा ६३ किलोमा बिर बहादुर महरा तथा ८० केजीमा सक्षम कार्कीले प्रतिस्पर्धा गर्ने छन् । ध्रुब गुरुंगको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा संगीना बैद्य, नबीन कुमार श्रेष्ठ, दिपक विष्ट र गणेश जिम्बाले टोली सम्हालेका छन् ।

Comment