एक लाख पुरस्कार

sagge
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले बंगलादेशमा जारी यु–१९ विश्व कप क्रिकेटमा क्वाटरफाइनल पुग्न सफल नेपाली खेलाडीलाई १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी बारे जानकारी गराउन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले उक्त घोषणा गरेका हुन् ।नेपालले पहिलो खेलमा न्युजिल्यान्ड र दोश्रो खेलमा आयरल्यान्डलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Comment