ठेक्कामा परिषद्को बदनियत पुष्टि

कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट राख्न गरेको बोलपत्र आहनमा राष्ट्रिय खेलकुद परिषद्को नियत खराब भएको पुष्टि भएको छ । चार फर्मले आवेदन दिए पनि तीन फर्मलाई बे वास्ता गर्दै अयोग्य घोषित गरे पछि दुई फर्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् भने सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभी सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा लिएर पुगेको थियो । समितिले बुधवार फैसला गर्दै ठेक्का प्रक्रिया रद्द गरेको छ । 

१७ साउन २०८० का दिन राष्ट्रिय खेलकुद परिषद्ले दोस्रो पटक कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानका निम्ति बोलपत्र आह्वान गरेको थियो । सो समयमा अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया मार्फत योग्य बोलपत्र दातासँग प्राविधिक र वित्तीय प्रस्ताव गरी दुई तहको  खाम बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको थियो ।

चार फर्म मध्ये परिषद्ले ११ कात्तिकमा दिन उल्लेखित बोलपत्रको प्राविधिक मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको थियो । त्यस पछि नै राष्ट्रिय खेलकुद परिषद्को बदनियत प्रस्ट भएको हो ।  हाल खरिद पुनरावलोकन समितिमा मुद्दा लिएर पुगेको सूर्योदय ऊर्जा– बुद्ध राजा इलेक्ट्रीकल्सले आफू के कत्ति कारणले अयोग्य भएको भन्दै जवाफ माग गरे पछि १७ कात्तिकको दिन तयार भएको पत्र २४ कात्तिकका दिन मात्र परिषद्ले इमेल मार्फत पठाएको थियो ।

निवेदकले कारण माग गरेको दुई दिन पछि बिना अध्ययन निष्कर्ष निकाल्ने र थप कानुनी बाटोको समय कम राख्ने बदनियत रहेको पीडित पक्षको आरोप छ । विशेषज्ञ कन्स्ट्रक्सन अनुभव र गएको १० वर्षमा नेपाली रुपैयाँ ११ करोड ३२ लाख ४८ हजार ६ सय रुपैयाँ भन्दा बढीको काम सफलतापूर्वक गरेको प्रमाण र कागजात नपुगेको ब्यहोरा राखेपले जनाएको हो । जबकि सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभीले प्रस्तुत गरेको कागजातमा यस अघि अन्तर्राष्ट्रिय स्तरमा थुप्रै काम गरी सकेको प्रमाण समेत पेस थियो ।

सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभीले भारतीय रुपैयाँ १४ करोड ५१ लाख २७ हजार ६ सय ११ रुपैयाँ बराबरको सर्भे, डिजाइन, सप्लाई इन्सटलेसन, टेस्टीङ कमिसनीङ, अपरेसन र मर्मतको ७ वर्षे एलइडी ल्युमनरिज फरक अरुण जेट्ली रङ्गशाला डीडीसीएको अनुभव प्रमाण पत्र पेस गरेको थियो । यसै गरी पुनेको रङ्गशालामा गरेको अर्को कामको कागज पनि पेस गरेको थियो । ती सबै कागजात नेपाल सरकारको इ गभर्मेन्ट प्रोसीमेन्ट (इ जीपी) सिस्टम प्रकरण ५ (ख)मा उल्लेख भए बमोजिम नै छन् । दक्ष प्राविधिकले तयार गरेको सो रिपोर्ट बुझ्न सक्ने क्षमता परिषद्मा नभए सोधपुछ गर्न सक्ने अवस्थालाई बदनीयतपूर्ण ढङ्गले बे वास्ता गरिएको थियो ।

१ मङ्सिरका दिन यसमा चित्त नबुझेका कारण पुनरावलोकन गरी पाउँ भनी सौर्य ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभीले फेरी निवेदन दिएको थियो । यसमा सात दिनको समय रहे पनि परिषद्ले ५ मङ्सिरका दिन सदस्य सचिव स्तरीय निर्णय अनुसार पुनरावलोकन नहुने भन्दै अर्को पत्र ६ मङ्सिरमा हुलाक मार्फत पठाएको थियो । कहिले इमेल र कहिले हुलाक मार्फत पत्र पठाउनु परिषद्को अर्को बदनियत सकेसम्म थप कानुनी बाटो रोक्ने प्रस्ट प्रयास भएको पनि पीडित पक्षको आरोप थियो। । 

यसरी अयोग्य घोषित गर्दा सार्वजनिक खरिद ऐन(२०६३) को उपदफा ४ मा उल्लेख भएको बोलपत्रदातासँग स्पष्टीकरण माग गर्न सक्ने व्यवस्थालाई बेवास्ता गरिएको प्रस्ट देखिएको छ ।

उच्चस्तरीय उपकरण समेत सो कम्पनीले निवेदनमा राखेको थियो । जब की योग्यताको मापनको आधार सामान पनि बनाइएको छ ।

सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभी १ मङ्सिरका दिन  पुगे पनि परिषद्ले सम्झौता प्रक्रिया अघि बढाउनुले नियत अझ खराब देखिएको छ । परिषद्मा सो निवेदन परे पछि  १२ मङ्सिरसम्म सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभीका लागि  सार्वजनिक खरिद पुनरावलोकन समितिमा जानका लग कुर्नु पर्ने कानुनी मान्यतालाई बे वास्ता गदै १२ मङ्सिरमा नै परिषद्ले सम्झौता गरेको हो । सो सम्झौताको विरुद्धमा सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रीकल्स जेभी १२ मङ्सिरमा नै सार्वजनिक खरिद  पुनरावलोकन समितिमा पुगेको थियो । १३ मङ्सिरमा समितिले स्टे अर्डर जारी गरी सकेको थियो।

२७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा परिषद्ले महावीर आइएसइ जेभीसँग सम्झौता गरेको थियो। ।

Comment