नवलपुर माथि तनहुँको जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको गण्डकी छनोट प्रतियोगितामा तनहुँले नवलपुरलाई १० रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको तनहुँले २८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रनको योगफल खडा गरेको थियो । तनहुँका कृश एयरले ४८ तथा समीर कणेलले १८ रनको योगदान गरे । नवलपुरका विशाल पौडेलले ७ ओभर ४ बलमा २४ रन खर्चिँदै तीन विकेट लिए । समीर कणेलले १८ रन जोडे । 

यसै गरी, कमल परियाले ९ ओभरमा ३१ रन खर्चेर दुई विकेट लिए । कुमार रानाले ४ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । 

नवलपुर २४ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय रनमा सीमित भयो । प्रमिस अर्यालले २२ रन जोड्यो । विशाल पौडेलले १७ तथा रिजन  काफ्लेले १५ रनको योगदान गरे । विजयी टोलीका सन्दीप पराजुलीले ९ ओभर १ बलमा २५ रन खर्चिँदै ९ विकेट लिए । उनी म्यान अफ द म्याच समेत घोषित भए । 

Comment