हिमप्रभ जापान जाने

sambo
विश्व साम्बो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न हिम प्रभ खत्री बुधबार जापानको नारिता जाने भएका छन् । नोभेम्बर १९ देखि २६ तारिख सम्म हुने च्याम्पियनसिपमा होप्याडका हिमप्रभले स्पोर्ट्स साम्बोतर्फ पुरुष ६२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
पहिलोदेखि तेश्रो राष्ट्रिय साम्बो प्रतियोगिताका स्वर्णधारी हिमप्रभको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । उनलाई पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा लगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
पदकधारी  खेलाडी सम्मानीत
थाइल्यान्डको फुकेटमा भएको चौथो एसियाली बिच गेम्स तथा रसियाको मस्कोमाभएको विश्व युनिफाइट च्याम्पियनसिपमाका कांस्य विजेता द्वय क्रमशःभगवतीमाझी र कृष्णलाल तामाङलाई पनि बधाइ ज्ञापन गरिएको थियो ।
सो अवसरमा नेपाल साम्बो फेडेरेसनका सदस्य कृष्णबहादुर राउतले भगवती र कृष्णलाई ५–५ हजार रुपिया पुरस्कार प्रदान गरे । त्यस्तै फेयर डिल द अटोमोबाइल्सका प्रबन्ध निर्देशक सोभितमान श्रेष्ठले भगवतीलाई ५ हजार रुपिया पुरस्कार दिने प्र्रतिबद्धता जनाएको साम्बो फेडेरेसनका सचिव उत्तम श्रेष्ठले जनाएका छन् । साम्बो फेडेरेसनका अध्यक्ष धनञ्जय श्रेष्ठले भगवतीमाझीलाई यसअघि नै १५ हजार ५ सय ५५ रुपैयाँरुपियाबाट  पुरस्कृत गर्ने घोषणा गरिसकेका छन् ।
पदकधारी रामेछापकी स्थायी बासीन्दा २२ बर्षिया माझी ३० महिना दान बहादुर तामांगको प्रेरणामा साम्बो खेल्न थालेकी हुन् । उनी कराते ब्ल्याबेल्ट पनि हुन् । यो सफलतासम्म पुग्नमा साम्बो संघको भुमिका महत्वपूर्ण रहेको उनी बताउछिन् । यसैगरी २२ बर्षिय नुवाकोटका स्थायी बासीन्दा तामांग पनि ३० महिना अघि नै मनोज केसीको प्रेरणामा साम्बोमा प्रबेश गरेका हुन् । दुवै खेलाडी साम्बोमा निरन्तर लाग्न तत्पर भएको बताउछन् ।

Comment