कुबेत माथि नेपालको सानदार जित

cricket logo

नेपालले एसीसी यु)१९ प्रीमीयर लिगमा विजयी अभियानलाई जारी राखेको छ । आइतबार  कुबेतको दोहा इन्टरनेसनल सिटी ग्राउन्डमा भएको खेलमा नेपालले कुबेतलाई २६२ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले छाडेको ३२६ रनको विसाल लक्ष्य पछ्याएको कुबेत २७.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ६३ रनमा सिमित भयो । कुबेतका बासमले सर्वाधीक १५ रनको योगदान गरे । दिपेस श्रेष्ठ, इर्साद अहमद र सुनील धमलाले २ २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले सात विकेट गुमाउदै ३२५ रनको योगफल खडा गरेको थियो । नेपालका अरिफ शेखले ८७ रनको योगदान गरे । सौरभ खनालले ३५ बलमा ६४ रन जोडे  । उनले चार चौका र दुइ छक्का प्रहाहर गरे । दिपेन्द्र सिंह ऐरीले २० बलमा ४८ रनको विस्फोटक पारी खेले उनको पारीमा दुइ चौका र चार छक्का समाबेश थियो । सन्दिप सुनारले ४९ रन प्रहार गरे ।

 

Comment