पौडी टोली रुस प्रस्थान

swiming kazan1

रुसको कजानमा हुने १६ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार रुसको कजान प्रस्थान गरेको छ । जुलाई ३० देखि अगष्ट ८ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषको ५० र १ सय मिटर फ्रिस्टायलमा शिरीष गुरुङ, ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा किरण कार्की तथा महिलाको ५० र २ सय मिटर फ्रिस्टायलमा सोफिया शाह र १ सय मिटर फ्रिस्टयाल र ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछन् । गौरिका लन्डनमा रहेकाले उनी त्यहीबाट प्रतियोगितामा सहभागी हुने छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । उक्त प्रतियोगिता रियो ओलम्पिकका लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ ।

 

Comment