युकेश र सावित्रा बर्ष खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ) ले वर्षेनी प्रदान गर्दै आइरहेको पल्सर स्पोट्स अवार्डमा युकेश र साबित्रा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्नका लागि युकेशले क्रिकेटका कप्तान पारस खड्का र बलर सोमपाल कामी, गल्फर शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पारेका हुन् ।
यस्तै साबित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारे । वर्षको उत्कृष्ट खेलाडी घोषित भएसँगै युकेश र साबित्रा दुबैले बजाजको एक÷एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।
भलिबलकी रेश्मा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । एसएमएस भोटिङ, फेसबुक लाइक, खेल संघका मुख्य प्रशिक्षक र एनएफजेएफका सदस्यहरूको मतको आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिएको हो ।
पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटर सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी साबित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका थिए ।
वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड एथलेटिक्सका अजितकुमार यादवले तिजे । उनले यो अवार्डका लागि ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटर ललितनारायण राजबंशी, फुटबलकी मञ्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठलाई पछि पारे ।
वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङका योगेश भट्टराईले जिते । वर्षको उत्कृष्ट प्रशिक्षकका लागि भट्टराईसँगै क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र बिष्ट र फुटबलका हरी खड्का मनोनयनमा थिए ।
पिपुल्स च्वाइस अवार्ड र वर्षको उत्कृष्ट प्रशिक्षकले समेत एक÷एक थान मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेता खेलाडीले भने ५०÷५० हजार प्राप्त गरे ।


हरिलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड, रोहितलाई स्पेशल अवार्ड

हरिबहादुर रोकाया लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । खेलाडी र प्रशिक्षकको रुपमा आफ्नो जीवनको लामो समय एथलेटिक्स खेलको विकासमा बिताएका हरि लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका हुन् ।

यस्तै फुटबलर रोहित चन्द्र स्पेशल अवार्डबाट सम्मानित भए । पछिल्लो समय इन्डोनेशियामा व्यवसायीक लिग खेल्दै आइरहेका रोहितले त्यसमार्फत देशलाई चिनाउन गरेको मेहनत र राष्ट्रिय टोलीका लागि पु¥याएको योगदान स्वरुप स्पेशल अवार्डबाट सम्मानित भएका हुन् ।
महिला ब्लाइन्ड क्रिकेट खेलाडी मनकेसी चौधरी पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । पाकिस्तानविरुद्ध खेलिएको शृंखलामा नेपाली टोलीका लागि महत्वपूर्ण योगदान पु¥याएकी उनी पारा खेलकुदमध्येको उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएकी हुन् ।

Comment