नेपाल समुह विजेता

बंगलादेशलाई ३–०ले पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा समुहमा पहिलो स्थान पाउन सफल भएको छ । पराजीत बंगलादेश पनि समुहमा दोश्रो हुदै सेमिफाइनलमा प्रबेश गरेको छ । विराटनगरमा शनीबार भएको खेलमा नेपाललाई जित दिलाउने सावित्रा भण्डारीले उत्कृष्ट गोल गरिन् ।
नेपालका लागि सावित्रा र मञ्जली कुमारी योञ्जनले गोल गरे भने एक गोल आत्मघाती रहेको थियो । छैटौ मनेटमा मनमाया लिम्बुले भण्डारीलाई दिएको पास रोक्ने क्रममा मसुरा परविनले आफ्नै पोस्टमा गोल गरेकी हुन् । २३ औ मिनेटमा सावित्राले साघुरो कोणबाट गोल गरिन् भने त्यसका् पाच मिनेट पछि उनकै पासमा मञ्जलीले गोल गरिन् ।

Comment