न्य डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा

न्यू डायमण्ड एकेडेमी ’ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको लिग खेलमा न्यू डायमण्ड ’ए’ ले परोपकार आदर्स मा.बिलाई २–० को सोझो सेटमा पराजित गर्यो । । वेष्ट अफ थ्रीका आधारमा खेलाईएको खेलमा न्यू डायमण्ड ’ए’ ले परोपकारलाई २५–९ र २५–२ को सेटमा पराजित गरेको थियो । जितसंगै न्यू डायमण्ड ’ए’ ले समूह ’क’ बाट क्वार्टरफाइनलमा स्थान बनाएको हो । परोपकारको पनि क्वार्टरफाइनल सम्भावना जिवितै छ । उसले आफ्नो अन्तिम लिग खेलमा अनलज्योति माबिलाई पराजित गरेमा र अनलज्योती न्यु डायमण्डसँग पराजित भएका उपबिजेताको रुपमा परोपकार पनि क्वाटर फाईनलमा पुग्ने बाटो खुला छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिता अन्तर्गत मंगलबार विजेश्वरी ज्ञान मन्दिरले ज्ञान सुधा एकेडेमीलाई २–० को सेटमा पराजित गर्यो ।

विजेश्वरीले ज्ञानसुधालाई २५–१७ र २८–२६ को सेटमा पराजित गर्यो । जितसंगै समूह ’ख’ बाट विजेश्वरीले समूह विजेता र पराजित ज्ञानसुधाले उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाए । तेस्रो खेलमा पारामाउन्टले न्यू डायमण्डको बी टिमलाई २५–१० र २५–१३ को सेटमा पराजित गर्यो । जितसंगै समूह घ बाट पारामाउन्टलेले क्वाटरफाइनलमा स्थान बनायो ।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १ – १ हजार पाउने छन् ।

Comment