एभरेस्ट मार्सल आर्टलाई एसियन च्याम्पियनसीपमा सफलता

इन्डोनेसिायमा सम्पन्न छैठौँ एसियन गोजुरियो कराते दो फेडरेशन च्याम्पियनसीपमा सहभागि एभरेष्ट मार्सलआर्ट युएइका खेलाडीले राम्रो सफलता पाएका छन् । नोभेम्बर २२ देखी २५ सम्म जाकार्तामा भएको च्याम्पियनसीपमा १६ देशका करीब ५०० जना खेलाडीे सहभागी थिए ।
प्रशिक्षक तथा टेक्निकल डाइरेक्टर रबी शाहीको नेतृत्वमा सहभागि टोलीका कुमार भुषाल, र लोक बहादुर श्रेष्ठले रजत पदक जिते । यसैगरी, राम तामाङ र बिजय तामाङले काश्य पदक जिते ।
युएईमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि हुदै आएको एभरेष्ट मार्सलआर्टका नेपाली खेलाडीहरुले यस अघि थुप्रै पदक जितिसकेका छन् । बिगतका उपलब्धीबाट उत्साहित खेलाडी यस च्यामपियनशिप पछि अझ बढी उत्साहित भएको शाहीको प्रतिक्रिया छ ।

Comment