एसियाली गोजुरियाको सातौ सस्करण नेपालमा


छैठौ एसियन गोजुरियो कराते च्याम्पियनसीपको दौरान सम्पन्न महासंघको कंग्रेसले केही महत्वपूर्ण निर्णय गरेको छ । एसियाली गोजुरियो कराते महासंघका अध्यक्ष अल्बिन तान ओम लियोले सबै प्रतिनिधीलाई स्वागत गरेका थिए । २२ देश समाबेश कार्यक्रममा कार्यक्रममा एसियाली गोजुरियो कराते महासंघका महासचिव बि आर मित्रा र नेपाल गोजुरियो कराते संघका अध्यक्ष चन्द्र प्रकास घर्तीको पनि उपश्थिती थियो ।
नेपालले चिन,भारत र श्रीलंकालाई पछि पार्दै सन् २०२० मा सातौ एसियाली गोजुरियो कराते च्याम्पियनसीपको आयोजनाको अबसर प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको आठौ सस्करण सन् २०२२ मा चिनको ग्वाङझाउमा हुने छ ।

कंग्रेसको समाप्ती पछि नेपाल गोजुरियो कराते संघका सचिव सानुबाबु गीरी ।

इन्डानेसियाबाट नेपाल गोजुरियो कराते संघका महासचिव बिआर मित्रा र सचिव सानुबाबु गीरीले दिएको जानकारी अनुसार यसैगरी, बि आर मित्रा, बिसन सिहं खड्का,सी पी घर्ती सानु बाबु गीरी र प्रकास चन्दले एसियाली रेफ्रिको लाइसेन्स नबकिरण गरेका छन् । नेपालका दिपक लामा, सानु काजी नगरकोटी, विरेन्द्र बहादुर शाही, डम्बर बहादुर शाही, पुष्प कुमारी क्षेत्री, राम कुमार श्रेष्ठ, विजय अधीकारी र सन्दिप थापाले एसियाली रेफ्रिको परिक्षा उत्तिर्ण गरेका छन् ।

Comment