मनाङ र च्यासलको जित


शहिद स्मारक लिग अन्तरगत बिहिबार भएको खेलमा च्यासल युथ क्लब र मनाङ मस्र्याङदी क्लबले जित हात पारेका छन् । च्यासलले एनआरटीलाई ५–१ ले पराजित गरेको हो । च्यासलका लागि विमल घर्ती मगर र अमर श्रेष्ठले दुइ÷दुइ गोल गरे । अर्को एक गोल सन्तोषा साहुखलले गरे । एनआरटीका मसुद एग्बोलाले गोल गरे ।
मनाङले थ्रीस्टार क्लबलाई २–१ ले हराएको हो । मनाङका अन्जन विष्टले गोल गरे भने थ्रीस्टारले एक आत्मघाती गोल गरेको थियो । थ्रीस्टारका रञ्जित धिमालले गोल गरे ।

Comment