सटल टाइम सुरु

badminton edited
नेपाल ब्याडमिन्टन संघको आयोजनामा सटल टाइम स्कुल ब्याडमिन्टन प्रोग्राम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।
विश्व ब्याडमिन्टन महासंघको कार्यक्रम अन्तर्गत भइरहेको यो प्रोग्राममा स्कुलका विद्यार्थीहरुलाई कसरी खेल्न सिकाउने र कसरी ब्याडमिन्टन प्रति आकार्षित गराउने भन्ने बारेमा ज्ञान दिइनेछ ।
प्रोग्राम एसियाली ब्याडमिन्टन महासंघ अन्तर्गत एसियाली विकास अधिकृत इन्डोनेसियाका मुहम्मद एन्डी आर्डियन स्याहले सञ्चालन गरिरहेका छन् ।चारदिने प्रोग्राममा १३ प्रशिक्षक सहभागी छन् ।

Comment