युवराज लेभल टु प्रशिक्षक हुन सफल


नेपाल ट्राईयाथलनका प्रशिक्षक युवराज सुनुवार लेभल टु प्रशिक्षक हुन सफल भएका छन् । कोरियाको ईन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा सुनुवार उत्तीर्ण भएको नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए । सुनुवार दक्षिण एशियामानै लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्ष उत्तीर्ण गर्ने एक मात्र प्रशिक्षक भएको श्रेष्ठले बताए । सुनुवारको सफलता नेपालमा ट्राईयाथलनको विकास र विस्तारमा निकैनै महत्वपूर्ण स्थान रहेको र दक्षिण एशियामा नेपालले ट्राईयाथलनमा फड्को मार्ने श्रेष्ठले जानकारी गराए ।
यसका साथै नेपालमा लेभल टु कोर्ष गर्ने एक प्रशिक्षक सुनुवार सहित एक ओटी (प्राविधिक अधिकृत) धनेश प्रजापती रहेका छन् । नेपालमा ट्राईयाथलनको स्थापनाको छोटो अवधीमा नै यस खेलले निकै फड्को मार्न सफल भएको छ । नेपाली खेलाडीहरुले अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउनुका साथै पदक हासिल गर्न सफल भई सकेका छन् ।
कोरियन खेलकुद मन्त्रालय तथा कोरियन ओलम्पियक कमिटिको आर्थिक सहयोग तथा अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको सहयोग तथा कोरियन ट्राईयाथलन महासंघको आयोजनामा १४ देखि १८ नोभेम्बर, २०१७ सम्म भएको लेभल टु प्रशिक्षक कोर्षमा नेपाल सहित विश्वका ३१ राष्ट्रका ५८ प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Comment