जाडेन र आजमीलाई किड ट्राईथालन उपाधि


जाडेन श्रेष्ठ ब्वाईज र आजमी शेरचन र्गल्स तर्फ लिटल डल्फिन प्रा.ली किड्स ट्राईथलनको उपाधि हात पार्न सफल भएका छन् ।
स्कुल स्तर देखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्राईयाथलन सङ्घको प्राविधिक सहयोग र लिटल डल्फिन स्विम स्कुल प्राइभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मी साईक्लिङ्ग र १ . ५ कि.मी दौड २० मिनट ५१।६१ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन् । यस्तै आजमीले उक्त दूरी २३ मिनट १८।१० सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । विजयी खेलाडीहरूले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
कालोपुलस्थित वेस्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईज तर्फ अथर्व सिंहले दोस्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनट, १२ . ७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७ . २० सेकेन्डमा पुरा गरे । यस्तै र्गल्स तर्फ परिधी भण्डारीले २५ मिनट १७ . १६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२ . ५४ सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो र तेस्रो स्थान हात पारे ।
दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरूले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे ।
प्रतियोगितामा ब्वाईज तर्फ जोर्डन श्रेष्ठ र र्गल्स तर्फ ज्योत्स्ना भट्ट युवा खेलाडी घोषित भए । उनीहरूले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्राईयाथलन सङ्घका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा २२ ब्वाईज र ७ र्गल्सको सहभागिता रहेको थियो ।

Comment