एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा निलेन्द्र राज श्रेष्ठ नियुक्त

साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गतको कार्यकारी कार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष हुन् । यस्तै वेस्ट एसिया ट्रायथलन सङ्घका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्ष समेत हुन् ।

चुनावपछिको पहिलो तथा ९० औँ कार्यकारी बैठक सन् २०२३ को अगस्ट ५ मा रियादमा बसेको थियो र त्यसमा अध्यक्ष अब्दुल अजिजले निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका छन् । श्रेष्ठ नेपाल ट्रायथलन सङ्घका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव हुन् । यस्तै उनी विश्व ट्रायथलन अन्तर्गतको एनओसी रियलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

Comment