तेक्वान्दो संघमा राणाको नेतृत्वमा सबै निर्विरोध


नेपाल तेक्वान्दो संघमा प्रकाश सम्शेर राणाको ११ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएका छन् । शनिबार बारामा भएको नेपाल तेक्वान्दो संघको तेस्रो साधारण सभाबाट अध्यक्षलगायत सबै पदमा निर्विरोध भएको हो । संघको ४ उपाध्यक्षमा हरिश्वर पोख्रेल,भोजबहादुर शाह,सन्जिव रेग्मी र नन्दकुमार राई निर्विरोध चयन भए । संघको महासचिवमा दीपराज गुरुङले निरन्तरता पाए । महासचिवमा दावेदारी दिएका अर्जुनबहादुर विकले उम्मेद्वारी फिर्ता लिएपछि गुरुङ निर्विरोध चयन भए ।
संघको कोषाध्यक्षमा कासिममिँया धोबी पनि निर्विरोध चयन भए । कोषाध्यक्षमा उम्मेद्वारी दिएका फडिन्द्र खड्काले अन्तिम समयमा नाम फिर्ता लिएपछि कासिममियाँ निर्विरोध भए । संघको सदस्यमा ११ जना पनि निर्विरोध भए । सदस्यमा हेमन्त डाँगी,संगिना वैद्य,दीपक विष्ट,नोर्बु लामा,बद्रीप्रसाद घिमिरे,नबिनकुमार श्रेष्ठ,सुमनकुमार घले,टार्जन सुब्बा,कविराज खड्गी,अर्जुन केसी र कोसिस खड्का निर्विरोध चयन भए । संघको कार्यकाल ४ वर्षको रहनेछ ।
निर्वाचित टिमलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेत र निर्वाचत अधिकृत ओमनाथ न्यौपानेले निर्वाचित कमिटीलाई प्रमाणपत्र प्रदान गरे । निर्वाचित टिमलाई राखेपका बोर्ड सदस्य बिरेन्द्र श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले शुभकामना प्रदान गरे । यसअघि साधारणसभाको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिकका मेयर डा.कृष्ण पौडलले उद्घाटन गरेका थिए ।

 

Comment