पौडीमा टिसाद्वारा राष्ट्रिय किर्तिमान


हङ्गेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । शाक्यले १०० मिटर ब्रेष्ट स्ट्रोक १ मिनट २६.१३ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय किर्तिमानलाई भंग गरेको नेपाली टोली व्यवस्थापक पारश श्रेष्ठले जानकारी गराएका छन् । यस अघि उक्त दूरीमा गौरिकाले २०१५ मा काठमाण्डौमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा १ मिनट २६.७२ सेकेन्डका साथ राष्ट्रिय किर्तिमान आफ्नो नाममा लेखाएकी थिईन् ।

Comment