अफगानीस्तानसंग नेपालको फराकीलो हार

आइसीसी यु–१९ वल्र्डकप क्वालीफायरको बिहिबार भएको खेलमा अफगानीस्तानसंग नेपाल १४१ रनले पराजित भएको छ । १९१ रनको लक्ष्य पाएको नेपाल २६ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ४९ रनमा सिमित भएको हो । नेपालका लागि आठौ क्रमका ब्याट्म्यान पवन सराफले सर्वाधीक २६ रन जोडे । नेपाली ब्याट्सम्यानमा दोहोरो अंक छुने पवन मात्र रहे । अफगानीस्तानका बलर नविद उल हकले नेपालका दिपेन्द्र सिह ऐरी,प्रनित थामा मगर र अनील साहलाई आउट गर्दै ह्याट्रिक गरे । उनले चार ओभरमा ८ रन खर्चीदै चार विकेट लीए । यसैगरी, मुजीब जद्रानले सात रन खर्चीदै चार विकेट लीए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको अफगानीस्तानले दुइ बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै १९० रनको योगफल खडा गरेको थियो ।

Comment