ललितपुर र कास्की ट्रायथलन संघ गठन


ललितपुर र कास्कीमा जिल्ला ट्रायथलन संघ गठन गरिएको छ । ललितपुरमा अनुकुल लेप्चाको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षद्वयमा महेश्वरलाल खोसिन र जुविन श्रेष्ठ, सचिवमा भुपेन्द्र प्रधान र कोषाध्यक्षमा सन्जिव ज्योति रहेका छन् । कर्मा छिरिङ गुरुङ, प्रणील कर्माचार्य, ललिता प्रधान, दामोदर कार्की र लक्ष्मी गुरुङ सदस्यमा चयन भए ।
त्यस्तै ७ सदस्यीय जिल्ला कार्यसमितिको कास्कीमा सुमन देवकोटा अध्यक्षमा चयन भए । गोविन्द थापाले उपाध्यक्ष, प्रकाश बरालले सचिव र नेत्रलाल भण्डारीले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यहरुमा विश्व अधिकारी, अमृत अधिकारी र राजु थापा रहेको नेपाल ट्रायथलन संघका महासचिव नीलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।

Comment