फिना विश्व च्यामिपयनसिपको लागि खेलाडी छनोट

हंगेरीको बुडापेष्टमा २० देखि ३१ जुलाई, २०१७ सम्म आयोजना हुने १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली पौडी खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ ।
आठौं प्रमोद मेमोरियल कप उमेर समूह तथा खुला पौडी प्रतियोगिताबाट नेपाल पौडी संघले फिना अंकको आधारमा पुरुष तर्फ सुभम श्रेष्ठ र अनुभव सुब्बा तथा महिला तर्फ सोफिया शाह र टिसा शाक्य छनोट गरेको छ । सुभमको फिना अंक ४७९ र अनुभवको ४७४ रहेको छ । त्यस्तै सोफियाको ५०७ र टिसाको ४४९ अंक रहेको छ । यस्तै बैकल्पिक खेलाडीको रुपमा पुरुष तर्फ किरण कार्की ४७२ अंक र निहारिका तुलाधर ४३५ अंक रहेका छन् ।

Comment