तेक्वान्दो रेफ्रि रबिन जापान जादै

 

परिवर्तीत तेक्वान्दो रेफ्रिको पोशाकमा रबिन

जापानमा हुने दुइ छुट्टा छुट्टै तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न अन्तराष्ट्रिय तेक्वान्दो रेफ्रि रबिन मल्ल २१ तारिखमा त्यस तर्फ प्रश्थान गर्दै छन् । उनले २३ देखि २५ अप्रिलसम्म हुने १५ औ वाटा ओपन तेक्वान्दो च्याम्पियनसीप सञ्चालन गर्ने छन् । त्यसको लगत्तै उनले २६ देखि २८ अप्रिलमा हुने जापान ओपन तेक्वान्दो च्याम्पियनसीपमा रेफ्रिको भुमिका निर्बाह गर्ने छन् । पुम्से, क्योरोगी र हाङ्गमादाङ्गका अन्तराष्ट्रिय रेफ्रि रबिनले यस अघि इन्डियन ओपन र युपी चौथो अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप लगायत प्रतियोगिता सञ्चालन गरिसकेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकको रुपमा कार्यरत रबिनले बि.स २०५४मा स्थापन गरेको चम्पापुर तेक्वान्दो डोजाङ्गले प्रतियोगिता आयोजनामा पनि सफल मानीन्छ । सो डोजाङ्गे दुइ पटक उपत्याकाब्यापी दुइ पटक क्षेत्रीय र एक पटक आमन्त्रण तेक्वान्दो च्याम्पियनसीप आयोजना गरिसकेको छ । ३२ बर्ष अघि यस खेलमा प्रबेश गरेका रबिनले यसै बर्ष कोरियाबाट अन्तराष्ट्रिय रेफ्रि रिफ्रेसर कोर्ष पुरा गर्दै उनले पछिल्लो समय परिवर्तीत नियमका बारे अपडेट भएका हुन् ।

Comment