तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न


नेपाल तेक्वान्दो संघको आयोजनामा भएको ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रका लागि पोखराको रंगशालको कभर्डहलमा भएको तेक्वान्दो रेफ्री कोर्स बुधबार सम्पन्न भएको हो । दुई दिने कोर्समा रिफ्रेसर र सेमिनारमा कुल ७० रेफ्रीको सहभागीता रहेको थियो ।
समापनको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल,नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले कोर्समा सहभागीतालाई प्रमाण पत्र प्रदान गरे । संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए । नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतीका लागि रिफ्रेसर र कोर्सले महत्वपुर्ण भुमिका खेल्ने संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठले बताए ।

Comment