प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप सुरु


काठमाडौं । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन पुम्सेमा नेपाली खेलाडीले मध्यम प्रदर्शन गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)कभर्डहलमा भएको खेलमा नेपाली खेलाडी टिम पुम्सेमा हाबी हुदा ब्यक्तिगत पुम्सेतर्फको प्रदर्शन सामान्य नै रह्यो । महिला यु–१२ वर्षको ब्यक्तिगत पुम्सेमा भारतका निल्याम साम्पाङले स्वर्ण,भारतकै दिब्यान्जली शर्माले रजत तथा नेपालका सुप्रीमा बजगाई र भारतकी प्रितिका प्रधानले कास्य जितिन । पुरुष टिम पुम्सको यू–१२ मा नेपाली खेलाडी हाबी हुदा जेशस इन्टरनेशनलले स्वर्ण,विइस्डम एकेडेमीले रजत र चितवनले कास्य पदक हात पा¥यो ।
महिलाको ब्यक्तिगत पुम्से यू–१७मा भारतकी प्रीया दर्शनले स्वर्ण,कोरियाकी जस्मीन हङले रजत तथा नेपालकी रेजुना ठकुरी र आयुषा लामाले कास्य जितिन । पुरुषको ब्यक्तिगत पुम्से यू–१५ मा भारतका सुमिर्न प्रधानले स्वर्णकृमन्सु महोत्राले रजत तथा नेपालका नविन श्रेष्ठ र पुजन खड्काले कास्य जिते । पुरुषको समुह पुम्सेको यू–१५ मा नेपालको स्युचाटार डोजाङमा अस्मीन राउत,राम गोले र लक्ष्मण गोलेको टिमले स्वर्ण,नेपालकै यूनाईटेड डोजाङका पुजन खड्का,शिवहरी श्रेष्ठ र रुपेश तामाङको टिमले रजत पदक तथा यू–१७ मा पवन दिपराज,अभिशेक प्रधान,सुमरान प्रधानको भारतिय टिमले स्वर्ण र नेपालको विशाल गोले,सरोज थापा र कर्ण श्रेष्ठको नेपाली टिम रजतमै सिमीत भयो । समुह पुम्सेको यू–१९मा नेपालकै डोजाङ हाबी हुँदा मान्डु पहिलो,जेशस दोस्रो र स्युचाटार डोजाङ तेस्रो भयो । पारा तेक्वान्दोतर्फ भारतका पर्थ भारद्धार पहिलो र नेपालका दिपेश महत दोस्रो भएको नेपाल पारा तेक्वादो प्रशिक्षक कल्याण कुँवरले बताए । ह्वील चियर पारा तेक्वान्दो टिमले पनि प्रदर्शन खेल प्रस्तुत ग¥यो ।
तिन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन आपुर्तीमन्त्रि दिपक बोहराले गरे । मन्त्रि बोहराले रेफ्री प्रमुख नविन कुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गर्दै प्रतियोगिताको सुभारम्भ गरेका थिए । सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ र कार्यक्रम संयोजक नोर्बु लामा लगायतको उपस्थीती रहेको थियो । माघ २९ गतेसम्म हुने प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका प्रतिस्पर्धा गरिरहेका छन् । पुम्सेको जुनियरमा १२ देखि १४ बर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ बर्षको महिला तथा पुरुष,१७ बर्ष माथीको सिनियर महिला तथा पुरुष गरि ६ डिभिजनमा प्रतिस्पर्धा भएको थियो । पुम्सेतर्फ ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । शुक्रबार र शनिबार फाइट (क्योरुगी) तर्फ कुल ४० स्वर्णका लागि खेल हुनेछन् ।

 

Comment