अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल तेश्रो

nepal 3rd
चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल तेश्रो भएको छ । नेपाल ४ स्वर्ण, ४ रजत र ११ कांस्यसहित तेश्रो भएको हो ।
डिसेम्बर २० र २१ तारिखमा भारतको देहरादुनमाभएको प्रतियोगितामा अफ्गानिस्तान पहिलो र भारत दोश्रो भए ।
नेपालकालागि सुस्मिताथापा मगर, रन्जु तामाङ, एन्जिला योञ्जन र मुना तामाङले स्वर्ण जिते । बनदना तामाङ, विजय रुम्बा, नवराज बस्नेत र भीमबहादुर खड्काले नेपाललाई रजत दिलाए । नेपालका कल्याण कुँवर सहित ११ खेलाडीले कांस्य जिते । च्याम्पियनसिपमा नेपाल लगायत ९ राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

Comment