प्यारागन रोड रेसमा हरि र विश्वरुपालाई स्वर्ण

paragoun

नेपाल आर्मीका हरिकुमार रिमाल र र विश्व रुपा बुढा दोश्रो प्यारागन रोड रेसमा पहिलो भएका छन् । खुलातर्फ ५ किलोमिटर दूरीको रेस अन्तर्गत पुरुषमा हरि र महिलामा विश्वरुपा पहिलो भएका हुन् ।
तिलगंगास्थित प्यारागन पब्लिक स्कुलद्वारा आयोजित रेसमा हरिले निर्धारित दूरी १४ मिनेट २७.१४ सेकेन्डमा पूरा गरे । दोश्रो भएका एपीएफ क्लबका नारायण थापाले १४ मिनेट ३६.१५ सेकेन्ड समय खर्चे । तेश्रो स्थानमा चित्त बुझाएका एपीएफकै गोपीचन्द्र पार्कीले १४ मिनेट ३६.४६ सेकेन्ड समय निकाले ।
विश्वरुपाले निर्धारित दूरी तय गर्न १५ मिनेट ४३.४८ सेकेन्ड समय लगाइन् । आर्मीकै सरस्वती भट्टराई १८ मिनेट ४६.२८ सेकेन्डसाथ दोश्रो तथा एपीएफकी फुलमती राणा १९ मिनेट २०.२४ सेकेन्डसाथ तेश्रो भए ।
स्कुलतर्फ ५ किलोमिटर दूरीकै रेसको ब्वाइजमा नेपाल एपीएफ स्कुलका अजित यादव पहिलो भए । उनले १७ मिनेट ३७.९७ सेकेन्ड समय खर्चे ।  खेमबुढा मगर (१७मिनेट ४७.८२ सेकेन्ड) दोश्रो तथा सारदा स्कुलका दिनेश कुमाईं (१९ मिनेट ३९.१३ सेकेन्ड) तेश्रो स्थानमा रहे ।
गल्र्सतर्फ विजेश्वरी स्कुलकी संगीता खड्काले निर्धारित दूरी २० मिनेट १२.८२ सेकेन्ड समयमा पूरा गर्दै शीर्ष स्थान हात पारिन् । अंकुर विद्याश्रमकी नेहालामा (२० मिनेट १४.६३ सेकेन्ड) दोश्रो तथा विजेश्वरीकी सुनीता श्रेष्ठ (२२ मिनेट २१.५१ सेकेन्ड) तेश्रो बने ।
दौड तिलगंगास्थित आयोजक प्यारागनबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनःप्यारागनमै आएर टुंगिएको थियो ।
‘बेटर इन्भाइरोमेन्ट, बेटर टुमोरो’ नाराका साथ संचालित प्रतियोगिताको चारै विधामा शीर्ष तीन स्थान हात पार्नेले समान नगद पुरस्कार पाए । पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजारका दरले नगद पुरस्कार प्रदान गरियो ।
विजेतालाई सीएनएन हिरो अनुराधा कोइराला, प्यारागनका निर्देशक साकिरउद्धिन, प्यारागनका को–ओर्डिनेटर मनोज विक लगायतले पुरस्कृत गरे । रेसको चारै विधामा मिलाएर १ हजार २ सय प्रतिस्पर्धीले सहभागिताजनाएको आयोजकले जनाएको छ ।

Comment