हाइ स्कुल कराते हुने

नेपाल सितोरियो कराते डो संघ, हाइ स्कुल केन्द्रीय कमिटीको आयोजनामा २१ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगिता जेठ १२ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी ३ राष्ट्र करिब २ हजार खेलाडीको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन् ।
जम्मा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । चारदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Comment