वादोरियो टोली स्वदेश फीर्ता

badorioe
फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा तीन पदक जितेको नेपालको वादोरियो टोली काठमाडौ फर्कीएको छ । नेपाली बादोरियो टोलीले १ रजत र २ कांस्यसहित ३ पदक जितेको थियो । पुरुष खुल्ला तौल सिमोन खत्रीले नेपाललाई रजत दिलाए । पुरुषकै ४५–५० केजीमा विकबहादुर थामी र ५०–५५ केजीमा मोहन तामाङले कांस्य जिते ।
खेलाडीसहित टोली नेता नेपाल कराते महासंघका महासचिव एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियल बुनु तामाङ मंगलबार अबेर राती स्वदेश फर्किएका छन् । प्रतियोगिता अप्रिल २३ देखि २४ तारिखसम्म भएको थियो । त्यसअघि सिमोन र खत्रीले अप्रिल २२ मा भएको तालिममा पनि सहभागिता जनाएको बताइएको छ ।
टोलीलाई काठमाडौं जिल्ला वादोरियो कराते डो संघ र नेपाल वादोरियो कराते ब्ल्याक वेल्ट कमिटीले एक कार्यक्रमबीच बुधबार स्वागत ग¥यो । सिमोन भने फिलिपिन्सबाटै जर्मनीको एकर्नफोर्डमा प्रस्थान गरेका छन् । उनी अप्रिल ३० तारिखमा हुने वादो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन त्यसतर्फ गएका हुन् । सिमोन बुधबार एकर्नफोर्ड पुगिसकेका छन् ।

Comment