उसु प्रशिक्षकको सहयोग

gagat jireleउसु प्रशिक्षक कल्याणकारी कोषले दोलखा जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक जगत जिरेललाई मंगलबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गत वर्षको माघ ५ गते आमा र फागुन २७ गते बुवालाई गुमाएका जिरेललाई ६६ हजार आर्थिक सहयोग प्रदान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जिरेललाई कोषका प्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तरण गरे । २०७० सालमा उसु सम्बद्ध पीडितलाई सहयोग गर्ने उद्देश्यले स्थापित कोषमा करिब १ करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य रहेको कोषका प्रतिनिधि एवं उसु प्रशिक्षक सुमन भट्टले जानकारी गराए ।

Comment