इसिडिसि ह्वीलचियर तेक्वान्दोको ग्रेडिङ सम्पन्न

ecdce
इसिडिसि तेक्वान्दो डोजाङद्धारा सञ्चालित ह्वीलचियर तेक्वान्दोका कुल ८ खेलाडीको ग्रडिङ शनीबार सम्पन्न भयो । भण्डारखाल स्थीत राधाकृष्ण मन्दिरमा भएको ग्रेडिङमा ह्वीलचियरबाटै खेलकौशल प्रस्तुत गर्दै शारिरिक रुपमा अशक्त ८ खेलाडीलाई डबल प्रमोशन प्राप्त गरे । डबल प्रमोशनसँगै उनिहरुले सेतो पेटिबाट पहेँलो हरियो पेटि प्राप्त गरे । पेटिको डबल प्रमोशन प्राप्त गर्ने खेलाडीमा हिमाल अर्याल,विष्णु अधिकारी,फनि नारायण,राजु कटुवाल,विवेक चौधरी,नरबहादुर दाहाल,सुरेश पार्दे र महेश्वर थापा छन् । उनिहरुलाई पारा तेक्वान्दोका प्रशिक्षक समेत रहेका यादव कुँवर र कल्यान कुँवरले ग्रडिङ प्रदान गरेका थिए । प्रशिक्षक यादव विश्व पारा तेक्वान्दोमा रजत र कास्य पदक विजेता खेलाडी हुन् । ह्वीलचियरमा रहेका २ खेलाडीबाट ७ महिना अगाडी शुरु गरीएको तालिममा हाल कुल १० ह्विलचियरका खेलाडी प्रशिक्षणरत छन् । इसिडिसिको शाखा डोजोले गरेको ह्विलचियर ग्रेडिङमा हिमाल अर्याल उत्कृष्ट चूनिए । यसअघि इसिडिसिमा नै प्रशिक्षण गरेका तीन पारा तेक्वान्दो खेलाडीले फिलिपिन्सको मनिलामा भएको दोस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा एक रजत र दुई कास्य पदक हात पारेका थिए । ग्रेडिङ पश्चात प्रशिक्षक कल्यानले ह्वीलचियरमा नै रहेपनि उनिहरुले खेलकुदबाट देशको लागि केही योगदान गर्ने माध्यम बन्ने विश्वास ब्यक्त गरे । त्यस्तै अर्का प्रशिक्षक यादवले ह्विलचियरका खेलाडीहरुको उत्साहले अन्यलाई पनि हौसल मिल्ने बताए ।

Comment