ओलोम्पिक कमिटी सदस्य गुरुङ्ग जापान प्रस्थान

tej gurung

नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ्ग जापानको होकाइदो सहरमा आयोजना हुने विन्टर आलोम्पिक एशियन गेमको सेभ दि मिसनको बैठकमा सहभागी हुन शनिबार जापान प्रस्थान गरे । २०१७को फेबु्रअरीमा आयोजना हुने विन्टर आलोम्पिक खेलकालागि तयारी स्वरुपहुन लागेको सेभ दि मिसनको बैठक २०१६ २५, २६ र २७ अप्रिलमा हुने छ ।
नेपाल आलोम्पिक कमिटीका तर्फ बाट एन.आर.एन.ए को संयोजक समेत रहेका गुरुङ्गले २८ अप्रिलमा मा एन.आर.एन ए जापानका पदाधिकारी संग समेत नेपालको खेल विकासकालागि छलफल गर्ने कार्यक्रम तय भएको छ । उनँले नेपालको खेलकुद बिकासकालागि जापान आलोम्पिक कमिटीका पदाधिकारीहरुसंग भेटघाट र छलफल गर्ने छन् ।
गुरुङ्गले पोखरा र जापानको कोमागाने शहरका विच भएको भागिनी सम्बन्धलाई खेलकुदका माध्यम बाट समेत जोडन र सम्बन्धलाई बलियो बनाउन कोमागानेका प्रतिनिधीहरुसंग विशेष भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाल ह्याण्डबल संघका अध्यक्ष रहेका गुरुङ्गले नेपालको ह्याण्डबल खेल बिकासमा सहयोगकालागि जापान ह्याण्डबल महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुसंग समेत भेटघाट गर्ने छन् ।

Comment