ह्यान्डबलकर्मीलाई बेवास्ता गर्दै साधारण सभा

Manoj Shiama
13 December, 2025 11:17 am

गएको साता भएको नेपाल ह्यान्डबल सघकोे  साधारण सभामा निवर्तमान अध्यक्ष तेज गुरुङको ठहर धेरै ह्यान्डबलकर्मीको छ । राष्ट्रिय खेलकुद परिषद्को मान्यता विना तथा राखेपले निर्वाचन समिति गठन नगरेर नै सो निर्वाचन भएको थियो । 

निर्वाचनले पीताम्बर तिम्सिनालाई अध्यक्षमा निर्वाचित गरेको हो । ४ डिसेम्बरमा भएको सो साधारण सभामा एकाध ह्यान्डबलकर्मीको मात्र उपस्थिति थियो ।

लामो समय देखि विवादमा रुमलिएको नेपाली ह्यान्डबल थप विवादमा पुगेको ठहर नाम नबताउने सर्तमा एक पुराना ह्यान्डबल प्रशिक्षक बताउँछन् ।