मेलिना र सुस्मितालाई स्वर्ण

karateed
आयोजक केन्द्रिय शाखा डोजोकी मेलिना लामाले चौथो उपत्यकाव्यापी कराते तथा किक बक्सिङ्ग प्रतियोगिता २०७३मा शुक्रबार स्वर्ण पदक प्राप्त गरेकी छिन् । उनले २० केजी तौल समूहमा नेपाल सोतोकानकी सरु लामालाई पराजित गरेकी थिईन् । आयोजककी नेलिशा पण्डित र आनन्द नगरकी सुनिता तामाङ्गले कास्य पाए । नेपाल सितेरियो कराते केन्द्रिय शाखा डोजोको आयोजनामा भएको प्रतियोगिताको २५ केजी तौलमा सरस्वती वादोरियोकी सुस्मिता वाईवाले लैनचौर डोजोकी पुनम पौडेललाई पराजित गर्दै स्वर्ण प्राप्त गरिन् । नरहरीपुरकी मुना शाक्य र पनौती डोजोकी अस्मिता तामाङ्गले कास्य पदक पाए । पुरुष २० केजी तौलमा भक्तपुर मेन डोजोका सुभाष परियारले बुढानिकन्ठका सन्तोष राईलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल सोतोकानका विशाल लामा र आयोजकका निशान तामाङ्ग संयुक्त तेश्रो भए ।
दुइृ दिने प्रतियोगितामा उपत्यकाका ६५० खेलाडीहरुले ३६ स्वर्ण पदकका लागि प्रतिपर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष तर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६० माथी र खुला, टिम काता र व्यक्तिगत काता गरि १३ र महिला तर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ५५ माथी र खुला, टिम र व्यक्तिगत काता गरि १२ र किक बक्सिङ्ग तर्फ पुरुषमा ४५, ५०, ५५, ६० र खुला गरि ५ र महिला तर्फ ४५, ५०, ५५ र खुला गरि ४ विधामा प्रतिस्पर्धा गराईने प्रतियोगिताम संयोजक साईला गमालले जानकारी गराए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं नेपाल सितेरियो कराते संघका संरक्षक युवराज लामाले पानशमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उक्त अवसरमा नेपाल कराते महासंघका अध्यक्ष एव सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा कराते खेलको विकासमा उल्लेखनिय योगदान पु¥याउनु हुने पूर्व सदस्य सचिव युवाराज लामा, कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग, प्रमुख प्रशिक्षक महेश श्रेष्ठ, लगायतलाई सम्मान पत्रद्वरा सम्मान गरिएको थियो ।

Comment