पदक विजेता तेक्वान्दो टोली स्वदेश फिर्ता

yadave
फिलिपिन्सको मनिलामा भएको ओलम्पीक छनोट र एसियन पारा तेक्वान्दोमा सहभागी नेपाली टोली मगंलबार स्वदेश फर्किएको छ । रियो ओलम्पिकको लागि भएको एसियन तेक्वान्दो ओलम्पिक छनोटमा ५७ केजीमा कास्य पदक विजेता निमा गुरुङ सहितको टोली नेपाल फकीएको हो । उनीसंगै एसियान पारा तेक्वान्दो च्याम्पियनसिपमा के–४४ को ५० केजीमुनिकी रजत पदक विजेता रन्जना धामी, के–४२ को ७० केजीका काश्य पदक विजेता रोहीत हाङ राई र के–४४ को ५० केजी माथि काश्य पदक विजेता सिता भण्डारी पनि मंगलबार नै नेपाल फर्कीए । पारा तेक्वान्दो प्रशिक्षक यादव कुँवर र ओलँिपक छनोटमा सहभागि हुने रञ्जन श्रेष्ठ, बिर बहादुर महरा र निसा रावल पनि सोही टोलीमा थिए ।
उनीहरुलाई तेक्वान्दो प्रशिक्षक तथा अधीकारीले स्वागत गरे ।

Comment