ललीतपुरका हस्ती एउटै मञ्चमा

karate1
ललीतपुर जिल्लामा रहेको करातेकर्मी एकै थलोमा जम्मा भएका छन् ।नेपाल कराते महासंघ, सितेरियो कराते डोजो,जिल्ला प्रमुख डोजो लगनखेलमा गत शनीबार नया बर्ष २०७३ को अबसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना भयो । डब्लुकेएफको मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द« विक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष मिनकृष्ण मर्हजनका साथै ललीततपूुरका कराते हस्तीहरु महेश जोशी, गोपाल मर्हजन, इन्द« बजचार्य, मनोज न्याछ्यो, सोतोकान करातेका निवास गोपाल बैद्य, नरायाण देव राणा र हिरा सिंह डंगोल लगायतको उपश्थिती थियो ।
कार्यक्रममा साफ स्वर्णपदकधारी, दिपक श्रेष्ठ, रबि मर्हजन, पृती डंगोल, गंगाराम मर्हजन र बिनोद शाक्यको पनि उपश्थिती थियो । भेलापछि जिल्ला कराते महासंघ गठन गर्ने तयारी गरिएको छ । साथै विगतका स्टार खेलाडीलाई सम्मानीत गर्ने तयारी रहेको मर्हजनले बताए । यसैक्रममा राष्ट्रिय कराते प्रतियोगिता गर्ने तयारी पनि गरिएको उनले बताए । काठमाडौंमा भएको आठौ दक्षिण एसियाली खेलकुदमा नेपालले करातेमा १६ मध्य १४ स्वर्ण पदक जित्दा ललीतपुरको यो डोजो पायनीयर शक्तिको रुपमा रहेको थियो ।

Comment