निमालाई काश्य पदक

 

neema gurungeतेक्वान्दोकी निमा गुरुङ्ग रियो ओलम्पिकका लागि एसियाली राष्ट्रको तेक्वान्दो छनोटमा काश्य पदक जित्न सफल भएकी छिन् । तथापी उनी आसन्न ओलम्पिकका लागि छनोट हुन असफल भइन् । निमाले सहभागिता जनाएको महिला ५७ किलो तौल समुहमा इरानकी अली जादेह जेनोरिम किनीया र थाइल्यान्डकी हाइसुजीन पानापा छनोट भए । निमा सेमिफाइनलमा जेनोरिम किनीयासंग पराजित भएकी थिइन् । पछिल्लो केही समय अन्तराष्ट्रिय स्पर्धामा उत्कृष्ट रहदै आएकी निमाले १२ औ दक्षिण एसियाली खेलकुदमा अत्यन्त कठिन तौल समुहमा सहभागिता जनाउदै रजत पदक जितेकी थिइन् । नेपालबाट महिला ६७ किलो भन्दा माथिको समुहमा निशा रावलले सहभागिता जनाएकी थिइन् । यसैगरी, पुरुष ५८ किलोमा रन्जन श्रेष्ठ तथा ६८ किलोमा बिर बहादुर महराले सहभागिता जनाएका थिए ।

Comment