पर्शुराम र मुकुन्द्र अष्ट्रेलिया जाने

karateee
नेपाली कराते खेलाडी पर्शुराम बास्तोला र मुकुन्द्र महर्जन मंगलबार अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । अष्ट्रेलिया कराते महासंघको आयोजनमा सिड्नीमा आयोजना हुने अष्ट्रेलियन खुला कराते च्याम्पियनसिप २०१६ मा सहभागी हुन खेलाडी त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् । च्याम्पियनसिप अप्रिल १५ देखि १७ सम्म संचालन हुनेछ ।
मंगलबार एक समारोहविच नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले खेलाडीहरुलाई विदाई गरे । उक्त अवसरमा महासंघका सचिव ओम प्रसाई, सदस्य निवास गोपाल बैद्य, राष्ट्रिय टिम प्रशिक्षक दीपक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
च्याम्पियनसिपमा पर्शुरामले व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्ने छन् भने मुकुन्द्रले ६७ केजी मुनिमा प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा राजु महर्जन छन् । खेलाडीहरुलाई ललितपुर निवासी राम श्रेष्ठ “बोस” र कराते महासंघका सदस्य निवास गोपाल बैद्यले खेल सामाग्री प्रायोजन गरेका छन् ।

Comment