ओलम्पिक छनोट र एसियन च्याम्पियनसीप खेल्ने टोलीको विदाइ

taekwondo11
फीलीपीन्सको मनीलामा आयोजना हुने रियो ओलम्पिकका लागि एसियन तेक्वान्दो छनोट, २२ औ एसियन तेक्वान्दो च्याम्पियनसीप, दोश्रो पारा एसियन तेक्वान्दो च्याम्पियनसीप तथा चौथौ एसियन तेक्वान्दो पुम्से च्याम्पियनसीपमा सहभागि हुने टोलीलाई मंगलबार विदाइ गरियो । अन्तराष्ट्रिय खेलकुद परिसर सोतदोबाटोमा आयोजित विदाइ कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले विदाइ गरे ।
१६ र १७ अप्रीलमा हुने ओलम्पिक छनोटमा नेपालको तर्फबाट महिला ५७ किलो तौल समुहमा निमा गुरुङ्ग, ५७ किलो भन्दा माथीको तौल समुहमा निसा रावल ५८ किलो तौल समुहमा रन्जन श्रेष्ठ तथा ५८ किलो भन्दा माथिको समुहमा बिर बहादुर महराको सहभागिता रहने छ । तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणाको नेतृत्वमा रहने टोलीका कसिम मिया ब्यबस्थापकको रुपमा रहेका छन् । टोलीमा कोरियाली प्रशिक्षक जाय हो लीले जिम्मेवारी सम्हालेका छन् । लीले नेपाली टोलीमा क्षमता रहेको र सिकेको टेक्नीक रिङ्गमा उतार्न सके ओलम्पिक छनोटको सम्भावना रहेको बताए । टोली बुधबार त्यस तर्फ प्रश्थान गर्ने छ ।
१९ र २० अप्रिलमा हुने एसियन च्याम्पियनसीपमा ४६ किलो तौल समुहमा रेजिना कार्की, ४९ किलो तौल समुहमा यान कुमारी चौलागाइ, ५७ किलोमा ज्ञानी चुनारा, ६२ किलो तौल समुहमा आयशाा शाक्य र ८० किलो तौल समुहमा सक्षम कार्कीले सहभागता जनाउदै छन् । यस टोलीमा पनि कोरायाली प्रशिक्षक जाय हो लीले जिम्मेवारी सम्हालेका छन् । हेमन्त डागीँ ब्यबस्थाकको रुपमा रहेका छन् । १८ अप्रिलमा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसीपमा रन्जना धामी, सिता भण्डारी र रोहीत हाङ्ग राइको सहभागिता रहने छ । यादब कुबँरको प्रशिक्षणमा टोली रहेको छ । यसै दिन हुने पुम्सेमा पार्वती गुरुङ्गको सहभागिता रहने छ । टोली शुक्रबार त्यस तर्फ प्रश्थान गर्ने छ ।

Comment