गोदावरी कपको सेमिफाइनलमा सुजन

karate chine

प्रथम गोदावरी ओपन तथा दोश्रो एनएसकेएफ नेसनल कराते च्याम्पियनसीपको २० केजी तौल समुहमा आयोजक गोदावरी मार्सल आर्टका रोसन तामाङ्ग, पुष्पराज नेघी, आयुष तामाङ्ग र राज लामा सेमिफाइनल प्रबेश गर्न सफल भए । २५ केजी तौल समुहमा आयोजक टोलीका सुबास तामाङ्ग,रीजन तामाङ्ग, दिपक मगर र मिडल प्वाइन्ट स्कुलका सार्थक बुढाथाकी रहेका छन् । ३० किलोमा जेके एफ गोजुकाइका दिपक खड्का र वादोरियोका सुजन थामा मगर सेमिफाइनल प्रबेश गरे । यसैगरी, सुबास आचार्य र निरज थामा पनि सेमिफाइनल प्रबेश गरे ।
३५ किलोमा आइडब्लु रवि तामाङ्ग, जेकेएफ प्रसुन पौडेल, एनएसकेएफ दोलखाका फू दोर्जे तामाङ्ग र वादोकाइका रवि तामाङ्ग रहेका छन् । ४० केजीमा जेकेएफ गोजुकाइका मिलन तामाङ्ग, आयोजकका उत्तम लामा, आइडब्लुएफका चन्द« भुजेल र क्वान मुकानका किसन खत्री रहेका छन् । ४५ केजीमा जेकेएफका सुनील राज,क्वानमुकानका विकास थापा, मिडल प्वाइन्टका कैलास लामा र गोजुरियो दोलखाका नबीन थामी छन् ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको प्रमुख आतीथ्यमा भएको कार्यक्रम चिन लामाको संयोकत्वमा भएको हो ।

Comment