ब्लाक बेल्ट कमिटिको अध्यक्षमा सूर्य राई

kyokoe
नेपाल वादोरियो कराते डो संघ अन्तरगतको ब्लाक बेल्ट कमिटिमा बरिष्ठ प्रशिक्षक श्री सूर्य राई निर्वाचित भएका छन् । तेश्रो साधारण सभाले कमिटिको उपाध्यक्षहरुमा कृष्ण कुंवर, चित्र प्रसाद श्रेष्ठ, रमेश ढुङ्गेल, सन्तोष माझी, सिमोन खत्री, विष्णुलाल श्रेष्ठ र आङ्गध्वज मोते चयन भएका छन् । कमिटिको सचिवमा पुरुषोत्तम पोखरेल, सह सचिवमा रक्षा तामाङ र कोषाध्यक्षमा तेज बहादुर तामाङ्ग र सहकोषाध्यक्षमा निमा तामाङ्ग रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मण तमाङ्ग, रोयकता सिंह, बुनु राई, अन्जु लामिछाने र अमरजंग शाह (अर्जून) निर्वाचित भएका छन् ।
कमिटिका सदस्यहरुलाई प्रमुख अतिथी नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिसरण केसीले प्रमाण पत्र वितरण गरेका थिए । कमिटिलाई पत्रकार विक्रम भन्डारी, रोशन राउत र रामसुदन तिमल्सिनाले शुभकामना प्रदान गरेका थिए ।

Comment