अन्तर्राष्ट्रिय टेबलटेनिस अध्यक्ष नेपाल आउने

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का अध्यक्ष थोमस विकर्प सोमबार नेपाल आएका छन् । युएनओएसडिपीअन्तर्गत आईटीटीएफ, नेपाल पारा टेबलटेनिस संघ तथा अखिल नेपाल टेबलटेनिस संघको संयुक्त आयोनजामा सञ्चालन हुने पारा टेबलटेनिसको तालिमका लागि विकर्प नेपाल आएको टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
उनलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैद्य लगायत संघका पदाधिकारीहरुले अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । सोही तालिमका लागि आईटीटीएफका विकास निर्देशक लियोन्ड्रा ओल्भेच शुक्रबारै काठमाडौं आइसकेका छन् ।तालिम काठमाडौंको लैनचौर र जोरपाटी, धनगढी, नेपालगन्ज, पोखरा तथा विराटनगरमा अन्तर्राष्ट्रिय टेबलटेनिस दिवस ६ अप्रिलका दिन सुरुआत गरिने छ ।

Comment